Posts

Showing posts from June, 2013

दार्चुला बग्नुका चार कारण

शंकर धामी दार्चुला – मनसुनको सुरुमै महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाका वासिन्दालाई ठूलै पीडा दियो ।बाढी अहिले घटिसकेको छ तर बाढी प्रभावितको पीडा उस्तै छ । सँगसँगै दार्चुलामा मात्रै नभई धेरै नेपालीहरुमा महाकालीमा बाढी किन र कसरी आयो भन्ने जिज्ञासा उठेको छ । महाकालीमा असार २ गते बेलुकीदेखि बाढी आएको हो । म दार्चुला प्रहरी प्रमुख डिएसपी कुवेर कडायतसँग जेठ २८ गते खलंगाबाट त्रिदेशीय सीमाक्षेत्रमा पर्ने व्यास गाविसको छाङरु र तिंकरसम्म गएको थिएँ । बाढी आउनुभन्दा दुई दिन अघि मात्रै हामी महाकालीको किनारैकिनार भएर व्यासबाट दार्चुला फिर्ता भएका थियौ । महाकाली नदी किनार क्षेत्रको अवलोकन र सदरमुकाम खलंगामा ७–८ वर्षको वसाई अनुभवका आधारमा बाढी आउनुको कारणबारे लेख्न लागेको हुँ । १‍. निरन्तरको वर्षा यो वर्षा यति क्रूर भइदियो कि धौलिगंगाभन्दा माथिको भारतीय बस्ती सोबला र कल्चौतीमा चार दर्जनभन्दा बढी घरहरु बगे । पहिरो गयो, वर्षाले पहिरो निम्त्यायो, पहिरोले धौलीगंगाको सतह बढायो र बाढीको रुप लियो । त्यतिमात्रै होइन, सदरमुकाम खलंगामा पनि असार १ गते साँझदेखि लगातार असार ३ गते दिउसोसम्म पान

ढिलै भए पनि श्रीमान बिउंझिनु भो

Image
-टेकराज आचार्य,कैलाली तुइनमा टाँगीएर महाकाली तर्नु पर्ने दार्चुले जनता अनि घन्टौं लगाएर पैदल यात्रा गर्दै गाडी चढ्नु पर्ने कर्णालीको रोदन हाम्रा सबै शासकका लागि अति प्रिय संगीत भएछ क्यारे ! जनताका पीडाहरु समाचार बनेर हरेक दिन पत्रपत्रिकामा आइरहन्छन, साँच्चै जनता रुँदा दुख्ने सरकार हुँदो हो त कर्णाली र महाकालीको बहावसंगै हरेक बर्षको बर्षातमा आँशुको बहाब बढ्दैन हो । रोम जलिरहँदा, राजा निरो चाँही झ्यालमा बसेर बाँसुरी बजाउंदै थिए रे, तेस्तै हाम्रा खिरारे श्रीमान पनि दार्चुला देखि कालिकोट सम्म बगिसक्दा घ्वारघ्वर घुरेर निदाई रहे। सिंहदरबार र बालुवाटार जापानमा सुनामी आउँदा समबेदना लेख्न हतार गर्छन् महाकालीमा बाढी आएर आफ्नै हज्जारौं जनता बिस्थापित हुँदा मस्त निदाइरहन्छन्। ब्युँझेर आखाँ मिच्दै दोष जति भारतलाई थोपर्छन अनि राहतको तयारीमा छौं भन्छन् । त्यहि दार्चुलाको पारीपट्टी थुप्रै हेलिकप्टर सहित उद्दार परिचालित गर्छ हाम्रो छिमेकी तर हाम्रा पट्टि बाढी आएको तेस्रो दिन एउटा हेलिकप्टर पठाउने सहमति हुन्छ। बर्षात हरेक बर्ष आउने स्वाभाविक ऋतु हो तर यसले गरेको क्षति भने स्वाभाविक हुँदै होइन।

खप्तडमा लाग्ने गंगा दशहरा मेला सुरु

Image
 सुदुरपश्चिमको धार्मिक एवम् पर्यटकिय स्थल खप्तडमा लाग्ने गंगा दशहरा मेला आईतबारबाट सुरु भएको छ । मेला भर्नका लागी हजारौको सख्यामा तिर्थयात्री खप्तड पुगेका छन् भने अझै आउने क्रम जारी रहेको छ । Khaptad National Park, Doti, Nepal मेलामा सुदुरपश्चिमका सम्पूर्ण ९ जिल्ला लगायतका देशका बिभिन्न स्थानबाट बुढापाका तन्नेरी युवायूवती र बालबालिकाहरु यस क्षेत्रमा पुगी सकेका छन् । मेलालाई ब्यबस्थित बनाउन नेपाली सेनाहरु र स्थानिय स्वयम सेबक समेत परिचालित गरिएको छ । मेलाको सम्पुर्ण ब्यबस्थापनको कार्य पुरा भई सकेको छ भने मेलामा मौसम परिबर्तनलाई मध्य नजर गरि ३ वटा धर्मशाला २ वटा खप्तड पर्यटनबोर्डका भबनहरु र केही पालहरुको समेत ब्यबस्था गरिएको खप्तड मध्यबर्ती क्षेत्र ब्यबस्थापन समितीका सदस्य उत्तम रोकायाले जानकारी दिनुभयो । खप्तडका धार्मिकक्षेत्र त्रिबेणीधाम , सहस्त्रलिङ्ग ,खापरदह ,खडुली दुदुली लगायत का स्थानमा दर्शन गरी स्नान गरे  मनले चिताएको फल पाईन्छ भन्ने धार्मिक विश्वासका कारण प्रत्येक बर्ष अषाढ शुक्लनबमीका दिन यो मेला  लाग्ने गर्छ । पुराणका उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्बतमा सिद्ह